कैलाली कारागार घटना : ३९ कैदी डिस्चार्ज, व्यवस्थापनमा गृहकार्य

धनगढी– कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक घटनामा घाइते भएका ३९ कैदीबन्दीलाई उपचारपछि सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ। तर सुरक्षाका कारण उनीहरूलाई तत्काल अस्पतालमै राखिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णप्रसाद लम्सालले जानकारी दिए।

डिस्चार्ज भएकामध्ये पाँच जनाले अन्यत्र स्थानान्तरणको निवेदन दिएका थिए। जसअनुसार चार जना कञ्चनपुर कारागार र एक जना पश्चिम नवलपरासी कारागार पठाइएको छ। बाँकी कैदीबन्दीको व्यवस्थापनबारे गृहकार्य भइरहेको प्रशासनले जनाएको छ।

Navadurga sun

गम्भीर घाइते तीन जनाको काठमाडौंमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्यमा सुधार भएको प्रजिअ लम्सालले बताए।

यसअघि २३ साउनको राति ब्लक ‘ए’ का कैदीबन्दीले भित्तामार्फत ब्लक ‘बी’ मा प्रवेश गरी आक्रमण गर्दा एक जनाको मृत्यु भएको र ४८ जना घाइते भएका थिए। मृतक भरत चौधरीका परिवारले दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको पनि प्रजिअले उल्लेख गरे।

ADD Khali jpg
ADD Khali jpg
Loading...