कैलालीको मालाखेतीमा चार महिनामा १२५ अपराधजन्य घटना, ९० पक्राउ

अत्तरिया- कैलालीको अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयले नयाँ प्रहरी प्रमुख डिएस्पी रणबहादुर चन्द कार्यभार सम्हालेपछि अपराध नियन्त्रणमा सक्रियता बढाएको छ ।

बैशाख २२ देखि साउन मसान्तसम्म सो कार्यालयमा १२५ वटा विभिन्न अपराधजन्य घटना दर्ता भएका छन् । ती घटनामा संलग्न ९० जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun

प्राप्त विवरणअनुसार साउन महिनामा मात्र सार्वजनिक हित विरुद्धका कसूर १८, लागूऔषध १०, जबरजस्ती करणी ७, करणी प्रयास १, चेक जाली ३३, सवारी दुर्घटना ५, झुण्डिएर आत्महत्या १५, बहुविवाह ३, चोरी १५, पानीमा डुबेर मृत्यु ७, सामान्य मृत्यु ५, विष सेवन गरी आत्महत्या २, आत्महत्या प्रयास २, दुर्घटनाजन्य मृत्यु १, मानव बेचबिखन तथा ओसारपसार १, फुटकर घटना २, ठगी २, कर्तव्य ज्यान १, ज्यान मार्ने उद्योग १, जातीय विभेद तथा छुवाछूत १ र करेन्ट लागि अंगभंग १ घटना दर्ता भएका छन् ।

यी घटनामा संलग्न पक्राउ परेकामध्ये ८० जना पुरुष र १० जना महिला रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएस्पी चन्दका अनुसार दर्ता भएका अधिकांश मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । उनले भने, “समाजमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीले निगरानी कडा बनाएको छ ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...