आधुनिक प्रविधिको विस्तारसँगै दार्चुलामा ढिकी–जाँतो र पानीघट्ट हराउँदै

दार्चुला- दार्चुलामा आधुनिक प्रविधिको विस्तारसँगै परम्परागत ढिकी, जाँतो र पानीघट्टको प्रयोग दिनानुदिन हराउँदै गएको छ । विद्युत् र डिजेलबाट चल्ने मिल गाउँ–गाउँमा स्थापना भइरहेकाले कुटानीपिसानीका परम्परागत साधन विस्थापित भइरहेका हुन् ।

Ganyapdhura gau

महाकाली–६ की जमुना रैखोलाले विद्युतीय मिलले धान कुट्ने, तोरी पेल्ने, गहुँ र मकै पिस्ने काम सजिलो बनाए पनि ढिकी–जाँतो वा पानीघट्टमा पिसेको अन्नजस्तो स्वाद नआउने बताइन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

“ढिकी, पानीघट्ट र जाँतोमा पिसेको परिकार निकै स्वादिलो हुन्थे,” उनले भनिन्, “तर प्रविधिले सजिलो भए पनि त्यस्तो स्वाद हराइसकेको छ।”

यसैगरी, दुहुँ गाउँपालिका–१ का रामसिंह महराले परम्परागत प्रविधि हराउँदै गएपछि पानीघट्ट, ढिकी र जाँतोमा कुटेको चामल र पिठो अब पाइनै छाडेको बताए।

संस्कृति र जीवनशैलीसँग जोडिएका यी परम्परागत उपकरण समयको परिवर्तन र प्रविधिको प्रभावले बिस्तारै लोप हुँदै गएको स्थानीयको धारणा छ।

Couple
Loading...