तिंकर खोलामा बाढी, पुल र बाटोमा क्षति

दार्चुला- गएरातिको अत्यधिक वर्षाका कारण व्यास गाउँपालिका–१ तिंकर खोलामा बाढी आएको छ । उक्त बाढीले छाङ्गरु र तिंकर गाउँ जोड्ने बाटो र काठे पुल बगाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

सशस्त्र प्रहरी बल नम्बर ४४ गणका डीएसपी लिलीबहादुर चन्दका अनुसार तिंकर क्षेत्रमा गएराति ८ बजेतिर ठूलो पानी परेको थियो । हावाहुरी र चट्याङसहित वर्षा हुँदा छाङ्गरु खोलामा बाढी आएको हो । नाम्पा पुल र चम्लिङ खोलाको पुल पनि बाढीले बगाएको छ, उनले भने ।

Navadurga sun
Godawari sandesh

स्थानीय मोहन तिंकरीले छाङ्गरु-तिंकर जोड्ने ३र४ सय मिटर बाटो बगाउँदा तिंकर गाउँसित सम्बन्ध विच्छेद भएको बताए । स्थानीय खोलाहरुमा एक्कासि पानीको बहाव बढेको छ भने तिंकरमा रहेका नेपाल टेलिकमको टावरले पनि काम गरेको छैन ।

गाउँको अवस्था अहिलेसम्म सामान्य नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालले बताए । क्षतिको अवस्थाबारे जानकारी लिन प्रहरी खटाइएको उनको भनाइ छ ।

Couple
Loading...