वन लसुनसहित एक महिला पक्राउ

दार्चुला- हिमाली जडीबुटी वन लसुनसहित दार्चुलाको प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार भारतबाट अवैधरुपमा नेपाल ल्याउने क्रममा सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने पुलमा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ३१ वर्षीय धाना धामीलाई पक्राउ गिरएको हो ।

Navadurga sun

सोमबार बेलुकी प्रहरीले उनको साथबाट पाँच किलोग्राम वन लसुन बरामद गरेको सूचना अधिकारी रावतले बताए । सङ्कलन पुर्जी (अनुमति पत्र) बिना भारतबाट नेपाल भित्र्याइरहेको वन लसुनसहित ती महिलालाई पक्राउ गरी हिरासतमा राखिएको उनले जानकारी दिए ।

सदरमुकाम क्षेत्र वन कार्यायलको क्षेत्रमा पर्ने भएका कारण ती महिलालाई आवश्यक पक्रिया पूरा गरी मङ्गलबार डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने उनले बताए ।

यता डिभिजन वन कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले राजस्व दाखिला गरी सङ्कलन अनुमति लिएर मात्रै वन लसुनको सङ्कलन तथा ओसारपसार गर्न पाइने बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...