कैलालीमा खोलामा डुबेर बालकको मृत्यु

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। सोमवार दिउँसो गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्नको तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...