कृष्णपुर नगरपालिका ८ नं. वडा कार्यालय भवनको शिलान्यास

अत्तरिया, ३१ भदौ- कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ नं. वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बिहिबार नगरप्रमुख कर्ण बहादुर हमालले भवनको शिलान्यास गरेका छन।

Dadeldhura hospital

वडा कार्यालयको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या भैरहेकाले वडाको प्रशासनिक भवन निर्माण सुरु गरिएको नगरप्रमुख हमालले बताए । उनले सम्झौता अवधीमै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनिलाई आग्रह समेत गरेका छन्।

godawari10 Mahila hinsa
Navadurga sun

नगरपालिकाले २०७९ साल मंसिर मसान्तमा सम्पन्न गर्ने गरी भ्याट बाहेक १ करोड २९ लाखमा उक्त भवनको निर्माणका लागी महेन्द्रनगरमा रहेको वाईआर नार्गाजुन जेभिसँग सम्झौता गरिएको नगर प्रमुख हमालले जानकारी दिए ।

Loading...