टीकापुरबाट १० जना जुवाडे पक्राउ

धनगढी । कैलालीबाट १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका २ बन्दिपुर स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय किसिम चौधरीको पसलमा जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक किसिम चौधरीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई नगद ६७ हजार ५९० र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...