छाउपडी प्रथाजन्य कुरीति उन्मुलन नीति कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन

अत्तरिया- सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले छाउपडीसंग सम्बन्धितत संघीय कानून र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मुलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

Dadeldhura hospital

बिहीबार बसेको समितिको बैठकले प्रदेश सरकारका साथै समाजिक विकास मन्त्रालयलाई कानूनहरुको प्रभावकारी कार्यान्वयनसँगै प्रदेशका सबै स्थानीय तहमा स्थानीय सरकारसँग समन्वय गर्दै चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न समेत निर्देशन दिएको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउ गोठमा सर्पले टोकेर महिलाको मृत्यु भएको घटनाबारे स्थलगत अनुगमन गरेको समितिले संघीय सरकारले बनाएका कानून र प्रदेशको नीतिहरुको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन नभएका कारण महिलाहरु महिनाबारी हुँदा गोठमा बस्नुपरेको र त्यहाँ मृत्यु समेत हुने गरेको देखिएकोले समितिले कानून प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिएको समितिका सभापति धर्मराज पाठकले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

कानूनमा भएको दण्ड र जरिवानाको बिषयलाई प्रमुखताका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको उनले जानकारी दिए । गत असार २७ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ निगालीमा छाउ गोठमा सुतेको बेला सर्पले टोकेर ३२ बर्षिया कमला आउजीको ज्यान गएको बिषयमा समितिले घटनास्थल अवलोकन तथा सरोकारवालाहरुसंग छलफल गरेको थियो ।

छलफलका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले मन्त्रालयका तर्फबाट नीति कार्यान्वयनका लागि काम भइरहेको जानकारी दिए । उनले सामाजिक विकास समितिले दिएको निर्देशन अनुसार मन्त्रालयले थप काम गर्ने बताए ।

Loading...