रास्वपाले सकंलन गर्‍यो २४ लाख ५७ हजार हस्ताक्षर

काठमाण्डौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म करिब २५ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले उक्त जानकारी गराएको हो ।

सहकारी ठगी, सम्पती शुद्धीकरण र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि भैरहवा कारगारमा रहेका पार्टी सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान शुरु गरिएको थियो ।

Navadurga sun

पत्रकार सम्मेलनमा बोल्दै हस्ताक्षर अभियानका संयोजक दीपक बोहराले संसारभर हस्ताक्षर अभियान जारी रहेको बताउनु  भयो । उहाँले हाल हस्ताक्षर अभियान प्रदेश र पालिका कमिटीले सञ्चालन गरिरहेको उल्लेख गर्दै साउन ५ गतेदेखि वडास्तरमा घरदैलो कार्यक्रम गरिने बताउनुभयो ।

त्यस्तै पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक समेत सार्वजनिक गरेको छ । अगामी कात्तिक १७ गते रूपन्देही-३ हुने उपनिर्वाचनको उम्मेदवार तय गर्नको लागि उम्मेदवारको मापदण्ड तय गरी सार्वजनिक गरेको हो ।

भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार-पसार, लागुऔषध कारोबार, निकासी वा पैठारी, सम्पती शुद्धीकरण, अपहरण, हत्या वा अन्य नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको, अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भएपनि त्यसको अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको, पार्टीका मूल्य-मान्यतासिद्धान्तप्रति प्रतिवद्ध र अन्य कुनै राजनीतिक दलसँग आवद्ध नरहेको हुनुपर्ने उल्लेख छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...