अत्तरियामा स्वतस्फुर्त युवाहरूकाे समुहले एमसीसीको विरोध गरे

अत्तरिया, २९ भदौ– कैलालीको अत्तरियामा स्वतस्फुर्त युवाहरुको समुहले एमसीसीको विरोध गरेको छ । राष्ट्रिय स्वधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रघाती सम्झौता पूर्ण रुपमा खारेजको माग गर्दै युवाहरुले विरोध गरेका छन् ।

विरोध स्वरुप युवाहरु एमसीसीको खारेज गर्न माग लेखिएका पम्पलेट बोकेर चोकमा आधा घण्टा जति उभिएका थिए ।

Navadurga sun

पम्पलेटमा ‘मेराे देश मेराे चाहना’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘आगो सहन्छु अन्याय सहन्न, तृष्णा सहन्छु तिरस्कार सहन्न’, ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न’ लगायतका नारा लेखिएकाे पम्पलेट सहित बिराेधमा उत्रिएका हुन् ।

विरोधमा सहभागि युवा प्रमोद अधिकारीले एमसीसी संसदबाट पास गरे देश बर्वादी तर्फ धकेलिने भएकाले आफूहरु विरोधमा उत्रिएको बताए ।

त्यसैगरी विरोध कार्यक्रममा सहभागी युवा जय धामीले कुनै पनि देशले बिना स्वार्थ अनुदान नदिने भएकाले यस्ता सहयोग लिन रोकिनुपर्ने बताए ।

देश बनाउने नाममा कहिले सम्म यस्ता अनुदान माग्ने हाे, देशमै भएका श्रोतको सदुपयोग गर्न सके पनि देश बनाउन सकिने र यस्ता किसिमकाे सम्झौताले देशलाई झन-झन कमजाेर बनाउदै अमेरिका छिरेको देशहरुमा कही पनि राम्रो नभएकाले यहाँ पनि त्यही अबस्था आउन नदिन आफूहरु सडकमा उत्रिएको युवा धामीले बताए ।

विरोध कार्यक्रममा अत्तरिया क्षेत्रका करिब ६० जना युवाहरुको सहभागिता रहेको थियो । एमसीसीको विरोधमा अत्तरियामा यसअघि पनि विभिन्न संघ, संगठन, पार्टीहरुद्धारा विरोध प्रदर्शन भएपनि स्वस्फुर्त रुपमा भने युवाहरु पहिलो पटक सडकमा उत्रिएका हुन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...