दार्चुलामा विद्युत गृहको नहर बगाएपछि गाउँ अँध्यारो

दार्चुला। असार २४ गते राति भएको अविरल वर्षाका कारण व्यास गाउँपालिका–२, घट्टेखोलामा आएको बाढीले दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहर बगाउँदा सो क्षेत्रका चार वटा गाउँमा अँध्यारो भएको छ ।

बाढीले नहर बगाएर विद्युत् उत्पादन बन्द भएपछि तल्लो दुम्लिङ, बिचगाउँ, चौराकाठा र दुम्लिङ गोठानगाउँमा विद्युत् आपूर्ति बन्द भएको स्थानीय प्रभात बुढाथोकीले जानकारी दिए । वर्षाका कारण बुधबार बिहान करिब १:१५ बजेतिर खोलामा आएको बाढीले विद्युत्को नहर र आसपासका घरमा क्षति भएको उनले बताए ।

Navadurga sun

आर्थिक वर्ष २०६१/६२ मा गरिबी निवारण कार्यक्रमको आर्थिक सहयोग र राजाकोट युवा क्लबको प्राविधिक सहयोगमा निर्माण गरिएको दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहरमा बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष धीरनसिंह बुढाथोकीले पुष्टि गरे । नहर बगाएर विद्युत् आपूर्ति बन्द भएपछि चार गाउँका १०५ घरधुरीका मानिस अन्धकारमा बस्न बाध्य छन् ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...