कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा अवैध सामान र माछा बरामद





कञ्चनपुर, २८ भदाै- कञ्चनपुरमा सशस्त्र प्रहरीले अबैध सामान र माछा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट बयलबन्दा, पशुपतिटोल, गड्डाचौकी, डोकेबजारबाट खटीएको सीमा गस्ती टोलीले अवैध सामान र माछा बरामद गरेको हो।


अबैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अन्दाजी ६ लाख ८ हजार १ सय २० रुपैयाँ बराबरको खाद्य तथा किराना समान, सुर्ति, बिडि, गुट्का, प्लाष्टिक, बिभिन्न प्रकारका औषधिहरु, थान तथा तयारी कपडाहरु, हार्डवयर समानहरु, प्रतिबन्धित माछा नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएको र माछा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।



