

सन्तोष पाण्डेय / अत्तरिया- बरिस्ठ कलाकार /सर्जक चर्चित डेउडिया माधब बिस्ट ” श्रीकाेटि” को “दैजी छैकी छेला” नामक डेउडा गित सार्वजनिक भएको छ ।
माधब बिस्ट को शब्द सिर्जना मा रहेको उक्त गितमा भरत भट्ट ले आवाज दिनुभएको छ । माधब बिस्ट र सन्जिवनी खनाल को अभिनय र बिस्टकै निर्देशनमा रहेको उक्त म्युजिक भिडियो बिहीबार माधब बिस्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको थियो ।

एक आपसमा मनमुटु साटासाट गरि खुशी र हर्षका साथ जीवन बिताउने बाचा सहित मित्रता गरेको एक जोडि एक आपसमा छुट्टिएर बस्दा या जीवन भरी साथ बिताउन नपाउदाका दुख पिडाहरु समेटेर कारुणिक रुपमा यो गितबाट सन्देश दिन खोजिएको छ ।
बैतडीमा जन्मिनु भएका बिस्टले बिगत तीन दशक देखि डेउडा क्षेत्रमा अनवरत योगदान पुर्याउनु भएका छन । डेउडा क्षेत्रकै लामाे इतिहास बोकेका कालजयि गित हरु सुदुरपश्चिम स्वर्गसरि , घर छैन आसुको, जम्काभेट , इजु,खोड्पे पाट्न , सर्क बादल हुँदै दर्शन छ ढोग दिया नामक देउडा गित काे सृजना सम्म पुग्दा सयौं गितमा कलम चलाउन भएका बिष्ट अभिनय संगै, प्रत्यक्ष डेउडा खेल (लाइभ डेउडा ) का “बादशाह” भनेर आफ्नाे पहिचान बनाउन भएका छन ।
गित सुन्न र भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ….