रातिमा माछा मार्न गएका माझीको गोहीको आक्रमणबाट मृत्यु

चितवन । चितवनमा रातको समयमा खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अभिषेक माझी छन् ।

अभिषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी चितवनको सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति माछा मार्न गएका थिए ।

Navadurga sun

माछा मार्दै गर्दा अभिषेकलाई गोहीले तानेर खोलामा लगेको थियो । राति १ बजेर २० मिनेटतिर घटना भएको स्थानभन्दा २०० मिटर उत्तरतर्फ अभिषेकको शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...