गोदावरी–१२ मा वडा कार्यालय भवनको शिलान्यास

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ मा वडा कार्यालयको नयाँ भवन शिलान्यास गरिएको छ। बिहीबार एक कार्यक्रमका बीच नगर प्रमुख विरेन्द्र भट्टले भवन निर्माणको शिलान्यास गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

गणेशपुरमा निर्माण हुने सो भवनका लागि वडावासी प्रेमबहादुर बडैला र शेरबहादुर विकले साढे दुई कठ्ठा जग्गा निःशुल्क दान गरेका थिए। भवन निर्माणको जिम्मा उप्रेती बिल्डर्स एण्ड इन्जिनियरिङ कम्पनीले लिएको छ। कम्पनीले मूल्य अभिवृद्धि करसहित ६२ लाख ६५ हजार २८३ रुपैयाँमा ठेक्का पाएको हो। निर्माण कार्य सन् २०८२ को पुष महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Navadurga sun
Godawari sandesh

शिलान्यास कार्यक्रममा नगर प्रमुख भट्टले नयाँ प्रशासनिक भवनले सेवा प्रवाह सहज र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे। वडा अध्यक्ष भिम बहादुर खड्काले भवन अभावका कारण सेवा प्रवाहमा आएको समस्या अब हट्ने विश्वास व्यक्त गरे।

उनले वडाका सबै भूभागलाई पहुँच पुग्ने स्थानमा सर्वदलीय सहमतिमा भवन निर्माण गर्न लागिएको पनि जानकारी दिए।

Couple
Loading...