मोटरसाइकलको ठक्करबाट वृद्ध पैदलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको ज्यान गएको छ। बुधबार राति ८:२० बजे तारकेश्वर नगरपालिका–८ स्थित शिवमन्दिर नजिकै भएको दुर्घटनामा पैदल यात्री अन्दाजी ७०/७१ वर्षीय कुलबहादुर आचार्य गम्भीर घाइते भएका थिए।

उनलाई नविन घिमिरेले चलाएको बा ७४ प ७०५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। घाइते आचार्यलाई तत्कालै उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो। सिटी अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि राति ११स्३० बजे टोखा स्थित ग्रान्डी अस्पताल लगिएको थियो। तर अवस्था गम्भीर रहेका कारण बोल्न नसक्ने र बाहिरी चोट देखिएको जनाइएको थियो।

Navadurga sun

ग्रान्डी अस्पतालमा राति ११:३० बजे डाक्टरले आचार्यलाई मृत्यु घोषणा गरेका हुन्। शव अस्पतालमै राखिएको छ र बिहीबार पोस्टमार्टम गरी अन्त्येष्टि गरिने जनाइएको छ। दुर्घटनापछि मोटरसाइकल चालक प्रहरी वृत्त बालाजुको नियन्त्रणमा रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...