नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

अत्तरिया, २८ भदाै– नेकपा एकीकृत समाजवादी पार्टीले सुुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ । एमाले विभाजनपछि गठित एकीकृत समाजवादी पार्टीले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो ।

Dadeldhura hospital

एकीकृत समाजवादी पार्टीकी प्रदेशसभा सदस्य दुुर्गाकुुमारी बिकले बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयको भवनमा बस्ने कार्यसूची तय भएको जानकारी दिइन् ।

Navadurga sun
Godawari sandesh

‘निर्वाचन आयोगबाट संसदीय दलले आधिकारीकता पाएको पत्र शुुक्रबार प्रदेशसभा सचिवालयमा पुुगेको छ,’ बिकले भनिन्, ‘बैठकमा संसदीय दललाई पूर्णता दिने, कार्यालय व्यवस्थापन गर्ने, दलको नेता चयन गर्ने लगायतका समसामयिक विषयमा छलफल हुनेछ ।’ उनकाअनुसार बैठकमा संसदीय दलको प्रमुख सचेतक, सचेतक र दलको नेता चयनका विषयमा पनि छलफल हुनेछ ।

आपसी सहमती जुटेमा संसदीय दलको नेता सोमबारकै बैठकबाट चयन हुने सम्भावना रहेको स्रोतको भनाई छ । १४ जना प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेशसभामा पहिलो दल बनेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, एमालेका तत्कालीन प्रमुख सचेतक तारालामा तामाङ आकांक्षी छन् ।

Loading...