खानेपानी संकटपछि धनगढी–७ को शिविर क्षेत्रमा उपमहानगरपालिकाद्वारा पानी वितरण

धनगढी- लामो समयदेखि वर्षा नहुँदा खानेपानीको समस्या चर्किएपछि धनगढी उपमहानगरपालिका–७ को शिविर क्षेत्रमा उपमहानगरपालिकाले खानेपानी वितरण गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

वडा नम्बर ७ का विभिन्न स्थानमा रहेका नल तथा धाराहरू सुकेपछि दैनिक उपभोगका लागि आवश्यक पानीको अभाव भएको थियो। त्यसपछि उपमहानगरपालिकाले पानी बोक्ने सवारीसाधनमार्फत प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराएको हो।

Navadurga sun
Godawari sandesh

उपमहानगरपालिकाका अनुसार शिविर क्षेत्रमा दैनिक उपभोगका लागि आवश्यक पर्ने खानेपानी वितरण गरिएको छ। पानी वितरणपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।

उपमहानगरपालिकाले लामो समयसम्म वर्षा नहुँदा खानेपानीको समस्या देखिएका अन्य प्रभावित क्षेत्रमा पनि आवश्यकता अनुसार खानेपानी वितरणलाई निरन्तरता दिने जनाएको छ।

Couple
Loading...