कैलालीका तीन स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी- ​​​​​​​कैलालीका धनगढी, टीकापुर र गोदावरीबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट शुक्रबार बिहान १ ग्राम ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित गोदावरी नगरपालिका–७ का १९ वर्षीय भोजराज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय विष्णु खत्री पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun

यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट शुक्रबार साँझ ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित Rajapur नगरपालिका–८ का २७ वर्षीय अरुण चौधरी र २७ वर्षीय धनप्रसाद अधिकारी पक्राउ परेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको हो।

त्यसैगरी गोदावरी नगरपालिका–८ स्याउलेबाट १८ वर्षीय एक किशोरलाई १९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै ६ जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...