कैलालीको लम्कीमा एक वृद्ध मृत फेला

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिका–१ मा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर भान्जा नाता पर्ने बर्मा भण्डारीको घरको आँगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार जैशीको शरीरमा कुनै स्पष्ट चोटपटक नभेटिए पनि घटनालाई शंकास्पद मान्दै अनुसन्धान सुरु गरिएको छ। मामा र भान्जाबीच आर्थिक लेनदेनको विषय जोडिएको हुनाले भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

Navadurga sun

डीएसपी सिंहले मृतकको शव घटनास्थलमै रहेको र हालसम्म उठाइएको छैन भने, उनका छोरा काठमाडौँबाट आइरहेका कारण शव उठाउने प्रक्रिया रोकिएको जानकारी दिए। प्रारम्भिक रूपमा मृत्युको कारण नखुलेको र थप परीक्षण तथा अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले बताएको छ।

प्रहरीले स्थानीयसँग बयान लिने कार्य अघि बढाएको छ भने पोष्टमार्टमका लागि तयारी गरिरहेको जनाएको छ। मृतकको पृष्ठभूमि, पारिवारिक सम्बन्ध र सम्भावित कारणहरूको खोजी भइरहेको छ।

घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...