कृष्णपुर नगरपालिका वडा नं. ०४ को लगत प्रमाणित अभिलेख आयोगलाई हस्तान्तरण

अत्तरिया- कृष्णपुर नगरपालिका वडा नं. ०४ को लगत प्रमाणित अभिलेख मंगलबार एक औपचारिक कार्यक्रमका बीच भूमि आयोगका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । यससँगै नगरपालिकाले जग्गाधनी प्रमाण–पुर्जा वितरणको प्रक्रियालाई थप अघि बढाएको छ ।

नगर प्रमुखका अनुसार अबको प्रमुख लक्ष्य सम्पूर्ण नगर क्षेत्रभित्र रहेका सबै उपयुक्त जग्गाधनीलाई छिटोभन्दा छिटो प्रमाण–पुर्जा उपलब्ध गराई उनीहरूलाई कानुनी रुपमा जग्गाको मालिक बनाउनु हो । “हामीले वडा नं. ०४ बाट यो प्रक्रिया सुरु गरेका छौं,” नगर प्रमुखले भने, “अब अन्य वडाहरूमा पनि यो कार्य छिट्टै विस्तार गरिनेछ।”

Navadurga sun

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि आयोगसँगको सहकार्यमा सम्पन्न यो कार्यले स्थानीय बासिन्दाहरूको लामो समयदेखिको जग्गा सम्बन्धी समस्याको समाधानमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...