कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी

कञ्चनपुर । कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी भएको छ। जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरमा गएराति एक फेन्सी पसलमा आगलागी हुँदा करिब २४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो।

प्रहरीका अनुसार स्थानीय नन्दा कुमारी भट्टले आफ्नै तीन कोठे पक्की घरमा संचालन गर्दै आएको फेन्सी पसलमा गएराति करिब ११ बजे अचानक आगलागी भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार पसलमा भएको विद्युत सट भएर आगलागी भएको बताइएको छ।

Navadurga sun

आगलागीका कारण पसलमा रहेका नगद रकम, थानका कपडा, सुटपिस, चप्पल, लेडिज ब्याग लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्।

अनुमानित २४ लाख पाँच हजार बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।मानवीय क्षति र चौपायको क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीयबासी, नेपाल प्रहरी र दमकलको सक्रियतामा आगलागी पूर्णरूपमा नियन्त्रणमा ल्याइएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...