६ जनाको हत्यामा संलग्न रहेका लोक बहादुरलाई प्रहरीले सार्वजनिक गर्याे

काठमाडौं, २७ भदौ- संखुवासभाको मादी नगरपालिका-१, उम्लिङ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई आज प्रहरीले सार्वजनिक गरेको छ।

लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको ज्यान लिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले घटना गरेको स्वीकार गरेका छन्। जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलनमार्फत प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय कार्कीलाई सार्वजनिक गरेको हो। लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् ।

Navadurga sun
Godawari sandesh

गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ज्यान गएको थियो ।

Dadeldhura hospital

सोमबार बाटो हिँड्ने स्थानीयले बाटोमा शव देखेपछि यस घटनाबारे प्रहरीसम्म जानकारी पुगेको थियो। पौन १० बजे प्रहरी चौकी मादिमुल खर्कमा उक्त घटनाबारे जानकारी आएपछि हवल्दारको कमाण्डमा ३ जना प्रहरी घटनास्थल खटिएर ‘क्राइम सिन’लाई सुरक्षित राख्ने काम गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय (इप्रका) चैनपुरबाट इन्सपेक्टर योगराज खतिवडाको कमाण्डमा अर्को टोली घटनास्थल पुगेको थियो।

आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर काका तेजबहादुरप्रति रुष्ट थिए । घटनाको अघिल्लो रात पनि लोकबहादुरको मनमा अनेकौँ कुराहरू खेलेका थिए । जब बिहानै तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई मार्ने सोच बनाए । अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट नि काले, अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आक्रमण गरे ।

तेजबहादुरले ‘लोकेले मा–यो, गुहार …’ भनेर चिच्याएपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आए । घटनामा संलग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले सबैलाई एक एक गरि सिध्याई दि एको प्रहरीलाई बतएका छन ।

घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो। यो सबै घटना घटना घटाएको आफूलाई देखेको हुनसक्ने डर लोकबहादुरलाई भयो, त्यसपछि उनले गाई वस्तुलाई दिन कुँडो (खोले) पकाइरहेकी बुढी हजुरआमालाई पनि त्यही गएर ज्यान लिएको बताएका छन । वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुवा बौद्धमानलाई भने उनले केही गरेनन् । घटनामा प्रयोग भएको दाउरा घटनापछि उनले अगेनोमा जलाएको पनि बयान दिएका छन् ।

Loading...