कैलालीबाट चार जना लागुऔषधसहित पक्राउ

धनगढी । कैलालीबाट चार जना लागु औषधसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी र टीकापुर क्षेत्रबाट उनीहरू लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ सहिद गेटबाट २७ वर्षीय जीवन चौधरी पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ का चौधरीलाई २ ग्राम पाँच सय २० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। अस्थायी प्रहरी चटकपुरको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

Navadurga sun

कैलालीको टीकापुर नगरपालिका ९ खक्रौला चेकपोष्टबाट १८ वर्षीय र १५ वर्षीय किशोरहरु पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ का उनीहरू सात सय ५० मिलिग्रा खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले उनीहरुलाई पक्राउ गरेको छ। यस्तै, धनगढी उपमहानगरपालिका–१० घुइयाँघाटबाट २२ वर्षीय कोसरोज राना पक्राउ परेका छन्। एक सय ५० मिलिग्राम खैरो हेरोइनसहित उनी पक्राउ परेका हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...