देशभर थप ९ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु 

काठमाडौँ, २६ भदाै– देशभर आज थप ९ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ९ हजार ८४० जनामा एन्टिजेन र पीसीआर बिधिबाट परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३ सय ५५ छ । पाँच सय बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला २१ छन् । त्यस्तै आज १ हजार ३ सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैगरी, २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ३६ पुगेको छ ।

हाल ४ सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेसन, एक हजार ६ सय ४७ संस्थागत आइसोलेसन र ३१७ जना कोरोना सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ६८ हजार ६ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

Loading...