चुरे गाउँपालिका न्यायिक समिति र मेलमिलापकर्ताबीच गोष्ठी सम्पन्न

अत्तरिया- चुरे गाउँपालिका न्यायिक समिति र मेलमिलापकर्ताहरू बीच विशेष गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका सभापति चुरे गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक धनादेवी थापा रहनु भएको थियो ।

कार्यक्रममा चुरे गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत बिबिराज सोति, इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक दीपक बिष्ट, चुरे गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू तथा मेलमिलापकर्ताहरूको उपस्थिति रहेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रमको स्वागत मन्तव्य वडा नं. ३ का अध्यक्ष तथा न्यायिक समिति सदस्य खगेन्द्र खडायतले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन न्यायिक समितिका कर्मचारी दीपेन्द्र बमले गर्नुभएको थियो ।

गोष्ठीमा मेलमिलाप प्रक्रिया, विवाद समाधानका विधिहरू तथा न्यायिक समितिको भूमिकाका विषयमा छलफल भएको थियो ।

Loading...