कञ्चनपुरको एक किराना पसलमा आगलागी

Dadeldhura hospital

कञ्चनपुर । कञ्चनपुरको एक किराना पसलमा आगलागी भएको छ। जिल्लाको बेलौरी नगरपालिका-६ भुराकोट स्थित सोही ठाउँ बस्ने करन थापाले सञ्चालन गरेको एक तले टिनले छाएको कच्ची किराना पसलमा राति ११ बजे आगलागी भएको हो।

आगलागी हुँदा पसल भित्र रहेका टि–टेबल, डि–फ्रिज, चाउचाउ, बिष्कुट, सिलेण्डर ग्यास अन्य किराना लगायतका सामान गरी अन्दाजी मुल्य १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको र मानविय क्षती नभएको प्रहरीले बताएको छ। स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...