

धनगढी- कैलालीको लम्कीचुहामा अटो पल्टिदा १० महिने बालकको मृत्यु भएको छ ।



लम्कीचुहा नगरपालिका-१ भुरुवा स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको चालक सोही ठाउँ बस्ने ४१ वर्षीय भरत साउँदले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ५१४८ नम्बरको इबी अटोरिक्सा आफै अनियन्त्रि भई पल्टिदा अटोमा सवार उनकै नाति १० महिनाको आयुष साउँदको शनिवार मृत्यु भएको हो ।


घाईते बालकलाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा साँझ ४ः३० बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोही अटोमा सवार लम्कीचुहा बस्ने ४२ वर्षका प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद घाईते भएको प्रहरीले बताएको छ ।
घाईते भएका दुबै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको छ । अटो प्रहरीको नियन्त्रणमा रहेको छ भने अटो चालक फरार रहेका छन् । उनको खोजतलास भईरहेको जनाइएको छ ।





