कैलालीको धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीको धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी–३ त्रिनगर ब्यारेल, धनगढी–९ त्रीवेणीघाट, धनगढी–१५ कनरी सामुदायिक वन र भजनी–३ पडरीयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १८ हजार ५५० बराबरको सामान बरामद गरिएको हो ।

Navadurga sun

भन्सार छलीको चिनी, बिडी, सरप, बिस्कुट, पास्ता, बोष्टन फास्टर जिङ्क, फास्ट जिङ्क, छाता, प्लाष्टिक डोरी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...