


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-८ को स्याउले बजार चोक फराकिलो बनाउन लागिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले चोक फराकिलो बनाउन लागेको हो ।



सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईका अनुसार असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि जोशी श्रीपुर जेभीले गत मंसिरमा ठेक्का पाएको थियो ।


अत्तरिया देखि पहलमानपुर सम्म विभिन्न खण्डमा गरि दुई हजार तीन सय मिटर कालोपत्रे गर्न मूल्य अभिवृद्धी करसहित २ करोड ८४ लाखमा ठेक्का भएको थियो ।
चोक साँघुरो भएको गुनासो धेरै आएपछि सोही ठेक्का अन्तरगत स्याउले चोक पनि दाँयाबाँया ७/७ मिटर फराकिलो बनाउन लागिएको चौलागाईंले बताए ।सडकको बीचमा हाइमास्ट लाइट जडानपछि चोक साँघुरो हुँदा आवतजावतमा समस्या हुँदै आएको थियो ।





