


कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।



पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४६ हजार ३२० मूल्य बराबरको सामान बरामद गरिएको छ ।


भन्सार छलीका बिभिन्न प्रकारका हाते घडी, चस्मा, बच्चाको खेलौना, मुकुट, क्यान्डिल लगायतका सामान प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।





