पूर्ण निषेधाज्ञा अवधिको सटर भाडामा भीमदत्त नगरपालिकाकाे छुट

कञ्चनपुर, २५ भदौ- कञ्चनपुरको भीमदत्त नगरपालिकाले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमण रोकथामका लागि गरिएको पूर्ण निषेधाज्ञा अवधिको भाडा छुट गर्ने निर्णय गरेको छ ।

Dadeldhura hospital

नगरपालिकाको ६१ औँ कार्यपालिका बैठकले महेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाको नाममा रहेका सटरको भाडा छुट गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी हरि सिंह धामीले बताए ।

Navadurga sun
Godawari sandesh

सूचना अधिकारी धामीका अनुसार नगरपालिकाले ४८ दिनको भाडा दर पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको छ । पूर्ण निषेधाज्ञा अवधिमा व्यवसाय नै पूर्ण रूपमा बन्द भएपछि कार्यपालिकाबाट सो अवधिको भाडा छुट गर्ने निर्णय गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए ।

हाल महेन्द्रनगर बजार क्षेत्रमा भीमदत्त नगरपालिकाले १ सय वटा सटर भाडामा दिएको छ । यसअघि पनि भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षको व्यवसाय करमा ५ प्रतिशत छुट दिएको थियो ।

Loading...