क्याफेमा कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार, प्रहरी अनुसन्धान जारी

धनगढी- कैलालीको टीकापुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

Dadeldhura hospital

टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्ट माथि बिहीवार दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट रहेको जानकारी दिए। उनका अनुसार टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

विष्टले क्याफेमा कफी पिइरहेको अवस्थामा दुई जनाले उनीमाथि खुकुरी प्रहार गरेको बुझिए पनि उनीहरुको पहिचान भने भएको छैन । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनापछि कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणा आफैं अनुसन्धानमा खटिएका छन् । 

Loading...