​​​​​​​अत्तरियामा निःशुल्क आधारभूत ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न

अत्तरिया- नेपाल ज्योतिष परिषद्, जिल्ला कार्य समिति कैलाली र अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा सञ्चालित निःशुल्क आधारभूत ज्योतिष प्रशिक्षण कार्यक्रम मंगलबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ।

कार्यक्रमको उद्‌घाटन प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि धनगढी स्थित श्री लक्ष्मी नारायण मन्दिरका मठाधीस, अनन्त श्री विभूषित स्वामी देवराज आचार्य रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेश अध्यक्ष महेन्द्र पन्त, लक्ष्मीनारायण मन्दिरका उत्तराधिकारी श्री १००८ स्वामी जगन्नाथ आचार्य, तथा साविक सहजपुर गा.वि.स.का पूर्व अध्यक्ष दामोदर रिजाल रहनु भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाल ज्योतिष परिषद् कैलालीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक खगेन्द्रराज अवस्थीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए ।

Dadeldhura hospital

प्रशिक्षण कार्यक्रममा कैलाली, कञ्चनपुर र डोटी जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका ३३ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन समारोहमा करिब १०० जनाको उपस्थिति रहेको थियो, जसमा पुस्तकालयका आजीवन सदस्य, दाताहरु, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी, बुद्धिजीवी, कर्मचारी र शिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सांस्कृतिक प्रस्तुतिको रूपमा सुदूरपश्चिमका प्रसिद्ध लोक गायक दीर्घ फुलाराले आफ्नो मनमोहक प्रस्तुति दिएका थिए । श्री सनातन धर्म-संस्कृति संरक्षण संस्था अत्तरिया तर्फबाट आकर्षक भजन प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन पुस्तकालयका सचिव राजबहादुर कडायतले गर्नु भएको थियो ।

Loading...