कैलालीको गोदावरी ८ ले ९४ लाख २४ हजार ८२३ रुपैयाँ बजेट सार्वजनिक

अत्तरिया- गोदावरी नगरपालिका वडा नं ८ को आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक भएको छ । मंगलबार वडाद्वारा आयोजित नवौं वडा भेलामा नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख अतिथीउप-प्रमुख शारदा देवी रोकायाको विशिष्ट अतिथिमा वडाध्यक्ष गोविन्द चौधरीले आगामी आ ब ०८२/८३ को ९४ लाख २४ हजार ८ सय २३ रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् ।

nava durga gaupalika

यस्तै वडा भेलामा वडाध्यक्ष गोविन्द चौधरीद्वारा आगामी आ ब ०८२/८३को प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिकाबाट प्राप्त बजेट सिलिङ्ग अनुसार समानीकरण बजेट ७० लाख र सूत्रमा आधारित बजेट २४ लाख २४ हजार ८२३ रहेको जानकारी दिए ।
यस्तै आ व ०८२/८३ मा सञ्चालन हुने नीति तथा कार्यक्रमहरू अन्तर्गत भौतिक पूर्वाधार विकासमा ६१ लाख २४ हजार ८२३, सामाजिक विकास तर्फ १२ लाख, आर्थिक विकास तर्फ १२ लाख, वातावरण तथा विपद् व्यवस्थापन तर्फ २ लाख , सुशासन तथा संस्थागत विकास तर्फ ७ लाख विनियोजन गरिएको जानकारी दिए ।

बजेट जनताको आवश्यकता र सुझावका आधारमा विभिन्न शीर्षकमा विभाजन गरी कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै योजनाहरू पारदर्शी ढंगले कार्यान्वयन गरिने जस अन्तर्गत पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जना, सीपमूलक तालिम जस्ता क्षेत्रलाई बजेटको मुख्य आधार बनाइएको जनाएको छ। यस्तै वडाले उपलब्ध सेवाद्वारा वैशाख ३१ गते सम्म १९ लाख १३ हजार २७८ रुपैयाँ बराबरको राजश्व संकलन गरेको जनाएको छ ।

Loading...