

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १२ ले वडा भेला सम्पन्न गरेको छ । सोमबार वडाध्यक्ष भिम बहादुर खड्काको अध्यक्षतामा आयोजित नवौं वडा भेलाको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्टले गरेका थिए । भने विशिष्ठ अतिथिमा नगर उप शारदा देवी रोकाया रहेकी थिइन् ।

वडा भेलामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडाध्यक्ष भिम बहादुर खड्काले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी नगरपालिकाद्वारा बजेट सिलिङ अनुसार १ करोड २ लाख २६ हजार ८३९ रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिए । जसमा समानीकरण बजेट ७० लाख र सूत्रमा आधारित ३२ लाख २६ हजार ८३९ बजेट रहेको छ ।
विभिन्न शीर्षकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को सञ्चालन हुने नीति तथा कार्यक्रमहरु मध्ये आर्थिक क्षेत्रमा ३७ लाख, सामाजिक क्षेत्रमा २७ लाख ५० हजार, पूर्वाधार क्षेत्र २३ लाख, बन तथा वातावरण क्षेत्रमा ५ लाख र सुशासन तथा अन्य क्षेत्रमा ९ लाख ७६ हजार ८३९ रहेको छ । यस्तै वडाको विकासको लागी वडाको बजेटले नभ्याएका योजना तथा कार्यक्रमहरु प्रदेश र संघमा कार्यान्वयनका लागी माग गरिने जनाएको छ ।