कैलालीको गोदावरी ११ ले सार्वजनिक गर्‍यो ८६ लाख ५१ हजारको बजेट सार्वजनिक

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–११ ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ८६ लाख ५१ हजार २०२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार आयोजित नवौं वडाभेलामा वडाध्यक्ष प्रेमसिंह बडैलाले बजेट प्रस्तुत गरेका हुन्।

वडाध्यक्ष बडैलाले प्रस्तुत बजेट मध्ये सबैभन्दा ठूलो अंश पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरिएको छ। ५४ लाख रुपैयाँ विनियोजन गरिएको यस शीर्षक अन्तर्गत सडक स्तरोन्नती, कालोपत्रे, नयाँ ट्र्याक खोल्ने, विद्युत् सम्बन्धी कार्य, चोकहरूमा बत्ती जडान, कुलो निर्माण तथा गत वर्षका अधुरा पूर्वाधार योजनाहरू सम्पन्न गरिनेछ।

Navadurga sun

त्यसैगरी सामाजिक विकासका लागि १५ लाख १५ हजार रुपैयाँ छुट्याइएको छ । यस बजेटबाट सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन गरिने वडाध्यक्ष बडैलाले जानकारी दिए ।

आर्थिक विकासका लागि १० लाख रुपैयाँ, वन तथा वातावरण संरक्षणतर्फ १ लाख ६० हजार २०२ रुपैयाँ, तथा सुशासन तथा संस्थागत विकासतर्फ ५ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको छ । वडाले जेठ ४ गतेसम्म ६ लाख ६३ हजार ३७९ रुपैयाँ राजस्व संकलन गरिसकेको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...