कञ्चनपुरको एक पसलमा आगलागी

कञ्चनपुर । कञ्चनपुरको एक पसलमा आगलागी भएको छ। भीमदत्त नगरपालिका–४ मदनचोक स्थित वेदकोट नगरपालिका–६ बस्ने महेश पनेरुले संचालन गरेको खिलुङ कालिका मार्केटिङ प्रा।ली। पसलमा बिद्युतको तार सट भई आइतवार राति ९ः४० बजे आगलागी भएको हो।

आगलागी हुँदा पसल भित्र रहेका अण्डा, काउण्टर, अन्य सामान गरी अन्दाजी मुल्य ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...