जन्मदिनको अवसरमा वडाध्यक्ष बडैलाले गरे १२० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–११ का वडाध्यक्ष प्रेम सिंह बडैलाले आफ्नो ४७ औँ जन्मदिनको अवसरमा १२० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

Ganyapdhura gau

वडाध्यक्ष बडैलाले वडामा पाउने सेवा सुविधा नलिई गठन गरेको ‘वडाध्यक्ष राहत कोष’ मार्फत विद्यार्थीलाई कापी, कलम, पेन्सिल लगायत सामग्री सहयोग गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

“सरकारबाट प्राप्त सेवा सुविधा र भत्ताबाट राहत कोष बनाएको छु,” वडाध्यक्ष बडैला भन्छन्, “सोही कोषबाट गरीब, असहाय, अपाङ्ग तथा दैनिक जीवनमा कठिनाइ भोगिरहेका वडाबासीलाई मद्दत गर्दै आएको छु ।”

Dadhaldhura pur

शैक्षिक सत्रको सुरुवातमा पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले उनीहरूले कक्षा १–३ का विद्यार्थीलाई ७ कापी र पेन्सिल, कक्षा ४–५ का लागि ८ कापी र कलम, तथा कक्षा ६ देखि ११ सम्मका लागि १० कापी र कलम वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १२ का वडाध्यक्ष भीम बहादुर खड्काले बडैलाद्वारा व्यक्तिगत पहलमा राहत कोष खडा गरी गरिब विद्यार्थीलाई सहयोग गरेको कार्यप्रति प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

‘वडाध्यक्ष राहत कोष’का अध्यक्ष जङ्ग बहादुर बडैलाले राहत कोषबाट हाल सम्म ४ घरमा खानेपानीको धारा, ३ घरमा ट्वाइलेट, ५ घरमा बिजुली जडान, १ घरको छानो निर्माण, र २ बालबालिकालाई स्कुल ड्रेससहित शैक्षिक सामग्री सहयोग गरिएको जानकारी दिए ।

शैक्षिक सामग्री पाएपछि स्थानीय अभिभावकहरू खुसी देखिएका थिए । डम्मरी भुल र अज्मी बुढा लगायतले सत्रको सुरुवातमै कापी कलम पाएपछि आर्थिक भार कम भएको महसुस भएको बताए ।

Couple
Loading...