कैलालीको गोदावरी २ ले ल्यायो १ करोड १७ लाख बराबरको बजेट

gyan kendra dadel

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका २ ले १ करोड १७ लाख बराबरको बजेट ल्याएको छ । वडाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँको बजेट ल्याएको हो ।

Khanepani dadeldhura

बिहीवार एक औपचारिक कार्यक्रम का बिच राधाकृष्ण मन्दिरको प्राङ्गणमा वडा भेलाको आयोजना गरेको छ । वडाध्यक्ष यज्ञ बहादुर महराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा नगर उप प्रमुख शारदा देवी रोकाया र नगर प्रवक्ता गोपाल दत्त भट्ट रहेका थिए ।

ajaymeru gaupalika
udhok dadeldhura

वडाले आगामी आर्थिक वर्षको लागि १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जस मध्ये ७० लाख समानीकरण र ४७ लाख ७ हजार ७७ रुपैयाँ सूत्रमा आधारित रहेको छ । नगरपालिकाले पठाएको बजेट सिलिङका आधारमा वडाले योजनाहरू तयार गरेको वडा सदस्य डबल साउँँदले बताए ।

वडाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकासमा छुट्याएको छ । सो शीर्षकमा वडाले ५७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

त्यस्तै सामाजिक विकास तर्फ १७ लाख, आर्थिक विकास तर्फ २० लाख, वातावरण तथा विपत व्यवस्थापन तर्फ १५ लाख र सुशासन तथा अन्य क्षेत्रतर्फ ७ लाख रुपैयाँ बिनियोजन गरिएको वडा सदस्य देवराज भट्टले बताए ।

Loading...