जोत्दै गरेको गोरुसहित लड्दा हली र हलगोरुको मृत्यु

बझाङ- जोत्दै गरेको गोरुसहित लड्दा बझाङमा एक जनाको मृत्यु भएको छ भने एक हलगोरु पनि घटनास्थलमै मरेका छन् । बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको हो ।

‘उस्कुला’ भन्ने स्थानमा भिरालो खेत जोत्ने क्रममा सुका ऐडी गोरुसहित खसेका थिए । मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरु सहित करिब ५०० मिटर तल खोलामा खसेका थिए ।

दुर्घटनामा हलगोरुको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएका सुका ऐडीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयहरूले जनाएका छन् ।

Loading...