देउवाको गृह जिल्लामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

डडेल्धुरा, २३ भदाै– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतालाई लिएर कुटाकुट भएको छ। नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट भएकोहोछ। मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो।

Dadeldhura hospital

सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो। क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृतले एक पक्षीय साथीहरुलाई दुरासयपूर्ण तरिकाले उस्काउनुका साथै गैरजिम्मेवारी रूपमा अभिव्यक्ति दिएका कारण पार्टी कार्यालयमै झडप भएको कांग्रेस जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले बताए।

godawari10 Mahila hinsa
Navadurga sun

डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन्। जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा, र भीमबहादुर साउदलगायतका नेताहरू छन्। यी दुई समूहबीच बेलाबेलामा पार्टीभित्रको विवाद कुटाकुटसम्म पुग्ने गरेको छ। यसअघि महिला संघको विवाद पनि कुटाकुटमा परिणत भएको थियो। निर्वाचन अधिकृत तोकिएका बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशनको मिति तोकेका छन्। तर, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भने सातौं जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। यसले गर्दा कांग्रेस डडेल्धुरामा विवाद तीव्र बनेको छ।

जिल्लामा रहेको सदस्यता विवाद समाधन नहुँदासम्म जिल्लामा अधिवेशन सञ्चालन गर्न नसकिने भन्दै जिल्ला कार्य समितिले अधिवेशनको कार्यलाई स्थगित गरेको सभापति मल्लले बताए। तर, जिल्ला सभापपति मल्ल पक्षले निर्वाचन अधिकृतमाथि अनावश्यक दबाब दिन थालेपछि विवाद सुरु भएको देउवा समूहको तर्क छ। जिल्ला सभापति मल्ललाई अधिवेशन स्थिगित गर्ने अधिकार नभएको निर्वाचन अधिकृत तोकिएका बमले बताए। जिल्ला सभापतिले घोषणा गरेर अधिवेशन स्थगित नहुने उनको भनाइ छ।

Loading...