एमसीसीका कतिपय बुँदाहरु परिमार्जन सहित पास गर्नुपर्ने : भीम रावल

काठमाडौं, २३ भदाै–  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिमार्जनसहित पास गर्नुपर्ने बताएका छन्। बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताका बुँदामा कुन-कुन प्रावधान गलत रहेको छ भन्ने विषयमा स्पष्ट पार्न खोजेका छन्।

उनले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए। रावलले केहि प्रावधान र सम्झौता राष्ट्रिय हित विपरित रहेकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले अरुदेशजस्तै अमेरिकासँग पनि राम्रो सम्बन्ध राख्न चाहेको बताए। विगतमा अमेरिकाबाट आएका सहयोगमा प्रश्न नउठेको धारणा राख्दै उनले एमसीसी सम्झौताका केहि बुँदा राष्ट्रहित विपरित रहेकाले प्रश्न चिन्ह उठेको स्पष्ट पारे।

Navadurga sun

रावलले एमसीसीमा नेपाल र अमेरिकाबीच द्विपक्षिय सम्झौतामा तेस्रो पक्षको पनि अनुमति लिनुपर्ने प्रावधान गलत रहेको बताए। एमालेलाई विभाजन स्वीकार्य नभएको बताउँदै उनले अहिलेको आवश्यकता एमाले एकजुट हुनुपर्नेमा जोड दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...