शैक्षिक सुधारका लागि बेदकोट नगरपालिकामा अन्तरकृया

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकामा शैक्षिक सुधारका लागि अन्तरकृया गरेको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बेदकोट नगर समितिको आयोजनामा शैक्षिक गुणस्तरका लागि सरोकारवालासंग अन्तरकृया गरेको हो ।

कार्यक्रममा नगरका अभिभावकहरूले सामुदायिक विद्यालय सुधारका लागि शिक्षक देखि सरोकारवाला जिम्मेबार हुनुपर्नेमा जोड दिएका छन ।

Navadurga sun

कार्यक्रममा सार्वजनिक शिक्षा सुधारका लागि भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई सम्मान गरिएको छ ।

प्रमुख अथिति समेत रहेका बेदकोट नगरका प्रमुख भोजराज बोहराले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई प्रमाण पत्र हस्तान्तरण गरेका छन ।

कार्यक्रममा बेदकोट नगर प्रमुख भोजराज बोहरा नगर उप प्रमुख तुलसी जोशी प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्ट भट्ट, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पदम राज भट्ट, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव बिरेन्द्र राज विष्ट, पूर्व जिल्ला शिक्षा अधिकारी भीम बहादुर साउद, जन प्रतिनिधिहरू, वेदकोट नगरपालिका भित्रका विव्यस अध्यक्ष प्रधानाध्यापक, पि टि ए अध्यक्ष सहितको सहभागिता रहेको थियो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बेदकोट नगर समितिका अध्यक्ष गणेश नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति बेदकोट नगर प्रमुख भोजराज बोहरा रहेका थिए, भने कार्यक्रम संचालन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बेदकोट नगर समितिका सचिव दल बहादुर धामी (अबिरल) ले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि सहितको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...