


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारमा पहिलो पटक ‘घुम्ती खाद्य प्रयोगशाला’ सहित बजार अनुगमन गरिएको छ ।


अखाद्य बस्तुको ठाउँको ठाउँ रिपोर्ट दिने गरी प्रयोगशाला सहितको गाडी लिएर गरिएको अनुगमनमा ठुलो परिणाममा अखाद्य बस्तु फेला परेको छ । अत्तरियाका विभिन्न ४० वटा पसलमा गरेको अनुगमनमा ९३ हजार बराबरको सामग्री नष्ट गरिएको छ ।



जसमा सबै भन्दा बढी आइसक्रिम बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेले बताए ।
उनले अत्तरियाका २ आइसक्रिम उद्योगमा गरिएको अनुगमनमा ३१० किलोग्राम अखाद्य आइसक्रिम बरामद गरिएको बताए । उनले मिश्रा आइस केन्डी उद्योगबाट २५० किलोग्राम र पुर्णागिरी आइसक्रिम उद्योगबाट ६० किलोग्राम अखाद्य आइसक्रिम जफत गरिएको बताए ।
गोदावरी नगरपालिकाकी उपप्रमुख तथा अनुगमन टोलीकी संयोजक शारदा देवी रोकायाले बजारमा स्वस्थ खाद्य बस्तु भए नभएको बारेमा जानकारी लिन अनुगमन गरिएको बताइन् ।
उनले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर खाद्य पसलहरूको अनुगमन गरिएको बताइन् । उनले कामको व्यस्तताले नियमित अनुगमनमा केही ढिलाइ भएको बताइन् ।





