डडेल्धुरामा अटोको ठक्करबाट बालकको मृत्यु

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिकै अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ ।

बिहीबार भी.न.पा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका विक्रम विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो ।

बुडरबाट जोगबुढा जाँदै गरेको अटोले आमा ज्योती सँगै पैदल हिँडिरहेको अवस्थामा बालकलाई ठक्कर दिएको थियो। घटनामा थप दुई जना घाइते भएका छन् ।

घाइतेहरूको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ । अटो चालक भने अहिले फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...