गोदावरी–१२ को कोल्मुडा क्षेत्रमा मिनी पार्क निर्माण सम्पन्न, नगर प्रमुख भट्टले गरे उद्घाटन

अत्तरिया- कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं‍. १२ अन्तर्गत कोल्मुडा क्षेत्रमा निर्माण गरिएको मिनी पार्कको उद्घाटन बुधबार एक अनौपचारिक कार्यक्रमका बीच नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटेर उद्घाटन गरेका छन् । पार्क निर्माण सम्पन्न भएसँगै स्थानीयवासी र आन्तरिक पर्यटकहरूका लागि नयाँ मनोरञ्जनस्थलको विकास भएको छ ।

Ganyapdhura gau

यस मिनी पार्क निर्माणका लागि वडा नं. १२ को गत वर्षको पाँच लाख र चालू वर्षको पाँच लाख गरी कुल १० लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो । सो बजेटमा तारबार लगाउने, मनोरञ्जनका लागि पिङ झुुला, बस्नका लागि ढुंगाका पेटी, र वरिपरिका क्षेत्रलाई व्यवस्थित बनाउने काम सम्पन्न गरिएको छ ।

Navadurga sun
Godawari sandesh

Dadhaldhura pur

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले सो पार्कले नजिकै बग्ने मछेली खोलामा नुहाउन आउने तथा पिकनिक मनाउन आउने नागरिकहरूको प्रमुख गन्तव्य बन्ने विश्वास व्यक्त गरे । उनले आगामी आवमा पार्कको थप विकासका लागि आवश्यक बजेट विनियोजन गरिने, वृक्षारोपण गरिने तथा शारीरिक व्यायामका लागि फिटनेस मेसिनहरू जडान गर्ने योजना रहेको समेत जानकारी दिए ।

वडा अध्यक्ष भीम खड्काले पनि आगामी वर्षमा पार्कलाई थप सिंगार्ने र पूर्वाधार विकासमा जोड दिने बताए । उनका अनुसार दुई वटा झोलुङ्गे पुलको बीचमा, पहाडको छेउको उच्च स्थानमा रहेको यो पार्क अहिले आन्तरिक पर्यटकका लागि आकर्षक स्थलको रूपमा विकसित हुँदै गएको छ ।

खड्काले भने, “बिदाको दिनमा परिवार, बालबालिका, तथा साथीहरू सँगै पार्क अवलोकन गर्न आउनेहरूको चाप बढ्दो छ ।” साथै, उनले यो पार्कले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको बताउँदै, आर्थिक संकटका बेला पनि यस्ता साना तर महत्वपूर्ण परियोजनाले सकारात्मक सन्देश दिएको उल्लेख गरे ।

स्थानीय बासिन्दाहरूले पनि यस पहलको स्वागत गरेका छन् । उनीहरूले यस पार्कले समुदायमा सामाजिक जमघटको अवसर दिने, बालबालिकाको रमाइलोको स्थल बन्ने र पर्यावरणीय हिसाबले पनि सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Couple
Loading...