बेलौरीमा चक्रपथ निर्माणको कार्य अगाडि बढ्याे, नगर प्रमुख चाैधरीद्वारा शिलान्यास




कञ्चनपुर, २२ भदाै– कञ्चनपुरको बेलौरीमा चक्रपथ निर्माणको कार्य अगाडि बढाइएको छ । चक्रपथ अन्तर्गत बेलौरी नगरपालिका वडा नं.५ स्थित जननमुना विद्यालय देखि रामनगर, भकुण्डा हुँदै वडा नं. ४ को मोतीपुर जोड्ने सडक खण्डको नगर प्रमुख पोतिलाल चौधरीले शिलान्यास गरेका छन् ।



भ्याट सहित ८ करोड ७६ लाख १२ हजार ४४ रुपैयाँ ६६ पैसा लागत अनुमान गरिएको उक्त सडक निर्माण योजना कुमार अमृत ज्वाइन्ट भेन्चर नामको निर्माण कम्पनीले ४ करोड ५९ लाख २ हजार ५ सय ९९ रुपैयाँ ३० पैसामा ठेक्का सम्झौता गरेको छ ।


यसै वर्ष जेठ १० गतेका दिन उक्त योजनाको ठेक्का सम्झौता गरी कार्य अगाडि बढाइएको र आउँदो २०७९ भदौ १० गतेसम्म योजना सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख भएकोले सोही बमोजिम निर्माण हुन लागेकाे निर्माण व्यवसायी पदमराज बोहराले बताए ।



