शिक्षक आन्दोलनमा कुटिए धनगढीका शिक्षक जोशी

काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एक जना शिक्षक माथि कुटपिट भएको छ । आज (शनिबार) दिउँसो काठमाडौं महानगरपालिका-१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका-१ का ५४ वर्षीय केशवराज जोशी माथि शिक्षकले नै कुटपिट गरेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रहरीका अनुसार आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएको प्रहरीले जनाएको छ। जोशी कैलालीको धनगढी-१२ स्थित दुर्गा आधारभुत माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् ।

Navadurga sun
Godawari sandesh

उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवन स्थित सिभिल अस्पताल पुर्‍याएको थियो । घाइते शिक्षक जोशीको टाउकोमा टुटुल्को उठेको छ भने शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

Couple
Loading...